युवा पिढीमा पनि अर्घाखाँचीको भैरव नाच लोकप्रिय बन्दै

सागर महत ,सन्धिखर्क ।अर्घाखाँचीमा भैरव नाच सुरू भएको छ ।अर्घाखाँचीको लोकप्रिय भैरव नाच विधिवत पूजा गरि सुरु गरिएको छ । एक वर्ष बिराएर नेवार समुदायमा नाचिने यो नाच सन्धिखर्क नगरपालिकाको डिभर्ना, वाङ्ला, भुमिकास्थान नगरपालिकाको लात्तेबाँझ र नुवाकोट लगायतका क्षेत्रमा नाचिने नाचमा आलोपालो देवी जगाएर डङ्किनीसहित कालो, रातो र सेतो भैराम नचाउने गरिन्छ ।

भैरव नाचलाई श्रीकृष्णका विभिन्न रुपमा लिइदै आएको छ । भैरव नाच संरक्षणका लागि स्थानीय सरकारदेखि युवा पिढी जुटेर लागेको नुवाकोटका संयोजक तथा भुमिकास्थान नगरपालिका– ८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताउनुभयो ।यस्तै, भैरवको स्वरुपमा हुने यस नाचका नर्तकलाई भगवानको प्रतिकका रुपमा पूजा गरिन्छ । पुरुष नर्तकले महिलाको भेषमा श्रृंगार गरेको हुन्छ । यसको स्पष्ट स्वरुप नखुले पनि भैरव नाचको अभिन्न अंगका रुपमा रहँदै आएको छ ।

भैरव नाच सात तालसम्म नाचिन्छ । यसमा काल भैरव मुख्य हुन्छ भने श्वेत भैरव र रक्त भैरव सहायक हुन्छ । अर्को तर्फ चरा नाच, घोडा नाच, लाउरे लाहुरेनी नाच, टाकन टुकन नाच लगायतका नाच भैरव नाचका विशेषता रहेका छन् । भैरव नाचबाट उठेको रकमबाट सामाजिक क्षेत्रमा खर्च गरिदै आएको सन्धिखर्क नगरपालिका १२ का डिभर्ना भैरव नाच संमरक्षणका अभियन्ता बसन्त श्रेष्ठले बताउनुभयो ।भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरू गरी कार्तिकको औंसीसम्म नाचिने प्रचलन छ । यो नाच रातको समयमा विशेषगरी सूर्य अस्ताएपछि सूर्योदयअघिसम्म स्थानीय चलनअनुसार बिहान भाले बास्नु अघिसम्म नाच्ने गरिन्छ । कुनै दिन अन्यत्र गाउँमा गई नाच्नुपर्‍यो र उज्यालो भयो भने बोकाको बली दिनुपर्छ भन्ने मान्यता रहेको छ ।

भैरव नाच जिल्लाभित्र मात्रै होइन छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रुपन्देहीलगायतका क्षेत्रमा पनि लोकप्रिय छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close