अर्घाखाँची कारागारभित्रै आँखा शिविर सम्पन्न

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्कमा रहेका कैदी बन्दिहरुको निःशुल्क कारागारभित्रै आँखाको शिविर नै आयोजना गरी चेक जाँच गर्न सुरु गरिएको छ ।हाल कारागारमा ८९ जना कैदी बन्दी रहेका छन ।जसमध्ये ८३ जना पुरुष र ६ जना महिला रहेका छन। शिविर सबैको आँखाको परिक्षण सँगै आवश्यकताका आधारमा चस्मा वितरण गरिएको छ। मोतिया बिन्दु भएकाको यही मंसिर १४ गते निःशुल्क अपरेसन गरिने जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले बताउनुभयो।


शिविर निकै सकारात्मक भएको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाले बताउनुभयो ।उहाँले जेल जिवन बिताएकाहरुलाई आत्म विश्वासका बढाउन आग्रह गर्नुभयो।


रोटरी क्लब अफ महाराजगञ्ज काठमाण्डौं र दिगो विकास केन्द्र अर्घाखाँचीको सहयोग, सन्धिखर्क नगरपालिका,जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको संयुक्त आयोजना, प्राविधिक सहयोग नेपाल नेत्र ज्योति संघ र जिल्ला आँखा उपचार केन्द्र अर्घाखाँचीको रहेको छ।दिगो विकास केन्द्र अर्घाखाँची अध्यक्ष डा.जयबहादुर टण्डनले कैदि बन्दीको मागको आधारमा शिविर संचालन गरिएको बताउनुभयो ।अर्घाखाँचीमा यस अघि क्षमता भन्दा दोब्बर कैदी बन्दी बस्ने गर्द थिए ।

अहिले नयाँ भवन बनेसँगै सहज भएको छ ।कारागार भित्र आँखा परिक्षण गर्न पाउँदा कैदी कन्दी निकै खुशीभएका छन।

आखा जाँच तथा तथा पावर चश्मा वितरण कार्यक्रमको उद्धाटन समारोहमा अर्घाखाँची दिगो विकास केन्द्रका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका सदस्य डाक्टर जय बहादुर टण्डन, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादु मल्ल, नेपाल नेत्र ज्योती संघका दलबहादुर केसी, आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरे लगायतको उपस्थिति रहेको थियो।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close