साउन महिनाको पहिलो सोमवार शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो

काठमाण्डौ,साउन ५ । साउन महिनाको पहिलो सोमवार आज देशभरका शिवालयहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । पशुपतिसहित देशभरका प्रमुख शिवालयहरूमा पनि बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । साउन महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ । यो महिना विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुन्छन ।
चान्द्रमानको पात्रो (तिथिमा चल्ने) अनुसार असार ३० देखि साउने सोमबार व्रत शुरु भएको थियो। चान्द्रमानको पात्रोअनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमाको बिचमा पर्ने सोमबार व्रत लिने प्रचलन छ। सौरमानको पात्रोअनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत लिने चलन छ।
साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ।
कमेन्ट गर्नुहोस !