पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुग्यो

पाल्पा। पाल्पामा मलामी बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना मलामी बोकेको लु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट-२ लगुवामा दुर्घटना भएको थियो ।दुर्घटना परी ७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कमेन्ट गर्नुहोस !