छत्रदेव गाउँपालिकाले उत्पादन गरेको आलु बिक्री हुन सुरु,लागत भन्दा झण्डै तीन गुणा बढी उत्पादन हुने लक्ष्य

सागर महत चैत्र ०६,अर्घाखाँची ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले बाँझो जग्गामा आलुखेती गरेको छ ।यही आर्थिक वर्षबाट गाउँपालिकाको वडा नम्बर ४ बल्कोट पौवाको परशुरामश्वर गुठीको बाँझो जग्गालाई सदुपयोग गरि आलु खेती गरेको गाउँपालिकाले जनाएको छ ।
यसवर्ष ९ कुन्टल आलु लगाएकोमा करिव ४५ कुन्टल आलु उत्पादन हुने अपेक्षा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो ।उहाँका अनुसार आजबाट केहि आलु बिक्री गर्न सुरु गरेको आलुको मुल्य प्रतिकेजी ४० केजी भन्दा माथी खरिद गर्नेलाई ५० रुपँया र सो भन्दा तल खरिद गर्नेलाई ५५ रुपँया मुल्य निर्धारण गरिएको बताउनुभयो ।
पछिल्लो समय बाँझो जग्गा धेरै रहेकाले त्यसको सदुपयोग गरि गाउँपालिकाले थप उत्पादनभुखी खेती गर्ने लक्ष्य राखेको छ ।यसले केहिलाई रोजगारमा पनि जोड्ने गाउँपालिकाको योजना छ ।बादर बदेलको समस्या समधानको लागि तारबार गर्ने लक्ष्य लिएको छ । बाँझो जग्गामा पालिकाको मापदण्ड अनुसार खेती गर्ने किसानलाई अनुदान पनि दिइने प्रशासकिय अधिकृत पाण्डेको भनाइ छ ।
कमेन्ट गर्नुहोस !