राष्ट्रिय सभाको निर्वाचन मिति सार्वजनिक

काठमाडौं ।सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति सार्वजनिक गरेको छ ।जसअन्तर्गत माघ १२ गतेको लागि तोकेको हो । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १२ गतेको लागि निर्वाचन मिति तोकिएको हो । महिला बालबालिक तथा जेष्ठ नागरिकमन्त्री उमा रेग्मीले आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका लागि निर्वाचन गर्ने मिति तोकेको बताउनुभयो।
आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाका २० सदस्यको पद सकिदै छ । उनीहरूमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुन् भने १९ जना निर्वाचनबाट आउनेछन् । सरकारले आयोगको प्रस्तावबमोजिम नै निर्वाचन मिति तोकेर आयोगलाई तयारी अघि बढाउन आग्रह गरेको उनको भनाइ छ ।संविधानले राष्ट्रिय सभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यसअनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्र निर्वाचन गर्न आग्रह गरेको थियो ।
कमेन्ट गर्नुहोस !