अर्घाखाँचीमा ३७ जनामा कोरोना पुष्टि,३७ डिस्चार्ज

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सन्धिखर्क नगरपालिकामा ६ जना,शितगंगा नगरपालिकामा १जना, मालारानी गाउँपालिकामा २६ जना,पाणिनी गाउँपालिकामा ३ जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३९ सय८७ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ३७ जना कोरोना मुक्त भएका छन ।

सन्धिखर्क नगरपालिकामा ७ जना,भुमिकास्थान नगरपालिकामा १३ जना, पाणिनी गाउँपालिकामा १३ जना र मालारानी गाउँपालिकामा ३ जना गरि ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका हुन । यो संगै हाल सम्म कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ३३सय ३१ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या ५ सय ७७ रहेको छ । यस्तै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या हाल सम्म ७९ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close