क्रान्तिकारी पार्टी अर्घाखाँचीले भ्रष्टाचार विरुद्धको अभियानमा ज्ञापनपत्र बुझायो

अर्घाखाँची ।क्रान्तिकारी पार्टी नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा भ्रष्टाचार विरुद्धको अभियान अन्तरगत जिल्ला का ६ वटै पालिकामा कार्यक्रम सम्पन्न भएको छ ।शितगंगा नगरपालिका ,सन्धिखर्क नगरपालिका, भुमिकास्थान नगरपालिका,मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा ज्ञापन पत्र बुझाएको हो। साथै शितगंगा नगरपालिका को अमराई, पाणिनी गाउँ पालिकाको दुर्गाफाँट र छत्रदेव गाँउपालिकाको रिठारुख र मालारानी गाउँपालिकाको खनदह र रतनमारेमा जागरण सभा सम्पन गरिएको जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीले जानकारी दिनुभयो ।
देशमा बढ्दै गएको भ्रष्टाचारले आक्रान्त बनेको र यसलाई हटाउन जनता नै जुरुक्क उठेर दलाल संसदिय व्यवस्था फाली नयाँ जनवादी गणतन्त्र स्थापना नगरे सम्म भ्रष्टाचार अन्त नहुने उहाँको भनाई छ ।
सोहि अनुसार त्यसको रोगथामको लागि अभियान चलाएको र यो अभियान जारी रहने उहाँको भनाई छ ।कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय बैकल्पिक पोलिटब्युरो सदस्य नरेन्द्र थापा ,क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रिय पोलिटब्युरो सदस्य कृष्ण केसी र कमल भुसाल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !