अर्घाखाँचीमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिकामा ३ जना,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा ३ जना गरि ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २ सय ४७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा जिल्लाभर बाट ४ जना कोरोना मुक्त भए संगै हाल सम्म कोरोना मुक्त हुनेको संख्या ४ हजार ९६ पुगेको छन । अब सक्रिय कोरोना संक्रमणको संख्या ७० रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । सन्धिखर्क नगरपालिकामा ३३ जना,भुमिकास्थान नगरपालिकामा २ जना,शितगंगा नगरपालिकामा ५ जना,मालारानी गाउँपालिकामा ८ जना,पाणिनी गाउँपालिकामा २० जना र छत्रदेव गाउँपालिकामा १ जना गरि ७० जना सक्रिय कोरोना संक्रमित रहेका छन । यस्तै हाल सम्म कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ८१ रहेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close