अर्घाखाँचीमा ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण

अब विद्युतीकरण गर्न बाकी जिल्लाका ६ वटा स्थानीय तहमध्ये शितगंगा नगरपालिका वडा नम्बर ९ र ११ का करिव २सय ५० घरधुरी बाहेकका सबै ठाँउमा विद्युत पुगेको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्र प्रमुख इन्जिनियर त्रिलोचन भट्टराईले जानकारी दिए ।
यो आर्थिक वर्षमा विद्युत नपुगेका क्षेत्रमा पुर्याउने लक्ष्य रहेको उहाँले बताए ।यस्तै कार्यालयले गत आर्थिक वर्षमा ३सय७४ वटा स्मार्ट मिटर जोडान गरेको छ ।त्यसबाट रिडिगं तथा क्षमता गटबड लगायतका कार्य अनलाइनबाट गर्न सकिने छ ।यो अभियानबाट घरघरमा मिटर रिडिगं गर्न जान पर्ने छैन ।
आर्थिक वर्ष २०८०–८१ कुल २५ करोड ४ लाख २३ हजार १सय ९२.८५ युनिट विद्युत बिक्री गरेर २१ करोड ८८ लाख ९सय ५५ रुपँयाको राजेश्व संकलन गरेको छ ।यस्तै विविद्य शिर्षकबाट ३८ लाख ९० हजार ४सय ५८ रुपँयाको राजेस्व असुली भएको प्रमुख इन्जिनियर भट्टराईको भनाइ छ ।
यस्तै विद्युत महशुल नतिर्ने ३सय १ वटा ग्राहको लाइन काटेकोमा २८ लाख १५ हजार ७सय ७ रुपँया महसुल असुली भएको उनले बताए। २४ ग्राहक कालोसुचिमा थपिएका छन भने १५ जना कालोसुचिमा रहेका ग्राहकले महसुल बुझाएका हुन ।कालोसुचीमा परेका २४ जनाबाट उठनु पर्ने रकमा २ लाख ३८हजार २सय २५ रुपँया मध्ये १५ जनाबाट २ लाख २२ हजार ६सय ४१ रुपँया उठेको छ ।
विद्युत चुहावट गर्ने ७ जना ग्राहकलाई कारबाही गर्दा ४६ हजार ६सय ६३ रुपँया उठेको हो। दुर्घटनालाई न्युनिकरण गर्नको लागि नांगो तार विस्तापन गरि कालोतार (केबल) राख्ने काम जारी छ । हालसम्म यो अभियानमा ५ कि.मि. लाइनको नागों तार हटाइ कालोतार (केबल) तार राखिएको छ ।उच्च जोखिममा रहेका ६० वटा ट्रान्सर्फमरहरुमा तार झालीबाट सुरक्षित गरिएको छ ।
कमेन्ट गर्नुहोस !