लुम्बिनीमा प्रतिपक्षमा रहेको एमालेलेद्वारा प्रदेश सभाको बैठक लगातार २ दिन अवरुद्ध

बुटवल । लुम्बिनीमा प्रतिपक्षमा रहेको नेकपा एमालेले आज पनि प्रदेश सभाको बैठक लाई अवरुद्ध गरेको छ । मंगलबार अवरुद्ध भएको बैठक आज (बुधबार) पनि अवरुद्ध भएको हो ।
एमालेले आफ्ना सांसदलाई गरेको कारवाहीको सूचना सभामा पढेर सुनाउन सभामूख पूर्णबहादुर घर्तीसमक्ष माग राख्दै मंगलबार र बुधबारका दुबै बैठकहरु अवरुद्ध गरेको हो ।बैठक अवरुद्ध गरेपछि आजको बैठक पनि स्थगित गरिएको सभामूख घर्तीले जानकारी दिनुभयो
एमालेले आफ्नो पार्टीबाट चुनाव लडेका दुई सांसदहरु अजयबहादुर शाही र विमला वली राजनीतिक दलसम्बन्धी ऐन विपरित काम गरेको भन्दै कारवाही गरेको पत्र सभामूखलाई बुझाइसकेको छ । उक्त पत्र सभामूखले प्रदेश सभामा पढेर नसुनाउँदा सम्म सदन चल्न नदिने अडानमा एमाले रहेको छ ।
कमेन्ट गर्नुहोस !