सैनामैनामा करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न

टेकराज भुसाल, बुटवल ।   रुपन्देहीको सैनामैनामा प्लस टु उतिर्ण  विद्यार्थीहरुलाई लक्षित गरि करिअर काउन्सिलिङ कार्यक्रम सम्पन्न भएको छ । लुम्बिनी बौद्ध विश्व विद्यालय सिटि क्याम्पस बुटवलको आयोजनामा सम्पन्न उक्त कार्यक्रम प्लस टु पछि पढ्ने  विषयमा  आधारित रहि विद्यार्थीलाई कानूनी काउन्सिलिङ  गरिएको थियो । कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र प्रसाद शर्माले राजनीति गर्ने व्यक्तिले पनि कानून बुझेको हुनुपर्छ, कानूनको अभावमा हामीले सहि र गलत छुट्टाउन नसकिने हुदा  कानूनको क्षेत्रमा भविष्य उज्ज्वल रहेको उहाँको भनाइ रहेको छ ।

साथै  शर्माले अबदेखि सिटि क्याम्पसले गर्ने यस्ता कार्यक्रममा उपस्थिति जनाउनुका साथै आगामी दिनमा क्याम्पससँग सहकार्य गर्न पनि तयार रहेको प्रतिबद्धता जनाउनुभयो । त्यस्तै सैनामैना नगरपालिका वडा नं ६ का वडा अध्यक्ष गोपालप्रसाद पोख्रेलले कानून र समाज एक अर्काका परिपूरक रहेको उल्लेख गर्दै यसको पालना सबैले गर्नु आवश्यक रहेको उल्लेख गर्नुभयो  ।

अधिवक्ता लालबहादुर बस्नेत, बद्री प्रसाद गाैतम, मेघनाथ खनाल, सिटी क्याम्पसका प्रमुख फडिन्द्र कुमार न्यौपाने क्याम्पसका BTTM विषयका कोडिनेटर अरुण सिंह लगायतले बाेल्दै कानुन पढेको विद्यार्थीमा मिहिनेत गर्ने बानीको विकास धेरै हुने भएकोले उनीहरुले भविष्यमा के गरौं के नगरौं भनेर विषयमा भौतारिन नपर्ने तथा  सामाजिक,राजनीति एवं वैचारिक रुपमा शक्तिशाली बन्न सक्ने क्षमता हुने बताउनुभएको थियो। लुम्बिनी बौद्ध विश्वविद्यालय सिटि क्याम्पस बुटवलमा कानुन संकायमा अध्ययनरत विद्यार्थी विजय सुनारले सहजीकरण गर्नुभएको कार्यक्रमकाे संचालन शंकर भुसाल र स्वागत मन्त्वय  नविन पाैडेलले गर्नुभएको थियाे।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close