अर्घाखाँचीमा २ दिने निःशुल्क आँखाको अपरेशन शिविर सुरु

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीमा २ दिने आँखाको निःशुल्क अपरेशन शिविर सुरु भएको छ । शिविरमा मोतीबिन्दु लगायत रोगका बिरामीहरु सहभागीता रहेका छन ।

अर्घाखाँची दिगो विकास केन्द्र र रोटरी क्लव अफ महाराजगन्ज काठमाण्डौको आयोजनाभएको भएको शिविरमा अर्घाखाँची आँखा उपचार केन्द्र सन्धिखर्कको प्राविधिक सहयोग रहेको दिगो विकास केन्द्र अर्घाखाँचीका अध्यक्ष डा.जयबहादुर टण्डनले जानकारी दिनुभयो ।

यस्तै छत्रदेव गाउँपालिका र मालारानी गाउँपालिकामा निशुल्क शिविर आयोजना गरेपछि अपरेशन शिविर सदरमुकाम सन्धिखकको आयोजना गरिएको दिगो विकास केन्द्र अर्घाखाँचीका उपाध्यक्ष डा.मुक्ती श्रेष्ठले बताउनुभयो।शिविरको उदघाटन गदै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले पछिल्लो समय आँखा सम्बन्धी बिरामीको संख्या बढ्दै गएकाले शिविरलाई नियमित संचालन गरेमा प्रभावकारी हुने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मिना अर्यालले आखाँ लाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर थप सचेतना मुलक कार्यक्रम सहित शिविर गरेका थप प्रभावकारी हुने बताउनुभयो ।उहाँले आँखा जिवनको महत्वपुर्ण भाग भएकाले यस्ता शिविरले हरेक नागरिकको प्रतिनिधित्व गर्ने बताउनुभयो ।अपरेसन पुर्व गरिने ब्लड लगायतका टेस्टमा कुनै कमी हुन नदिने अर्घाखाँची अस्पतालका प्रमुख डा.जगनाथ तिवारीले बताउनुभयो ।कार्यक्रममा प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल, शसस्त्रका प्रमुख संगम श्रेष्ठ ,डा.प्रिती भुसाल, रोटरी क्लव अफ काष्ठमान्डपका प्रतिनिधि होम क्षेत्री लगायतको सहभागीता रहेको कार्यक्रम नेत्र भुसालको संचालनमा सम्पन्न भएको हो ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close