सन्धिखर्कमा निर्वाचनको लागि आचारसंहिता विषयक अन्तरक्रिया सम्पन्न

सागर महत,अर्घाखाँची ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आचारसंहिता कार्यान्वयनमा सरोकारवालाको भूमीका विषयक अन्तरक्रिया अर्घाखाँचीमा सम्पन्न भएको छ।
मुख्य निर्वाचन कार्यालय सन्धिखर्कको आयोजनामा भएको कार्यक्रममा मुख्तय संघ,प्रदेशमा उम्मेदवारी दिएका उम्मेदवार र सरोकारवाला लाई दिएको आचारसंहिता प्रशिक्षण कार्यक्रममा सबै उम्मेदवार आचारसंहिता पुर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जनाएका छन ।
ठुलो जुलुस,आमसभा लगायतका ठुला कार्यक्रम गर्नु परेमा मुख्य निर्वाचनको कार्यालयको अनुमती मा मात्र गर्न पाईने मुख्य निर्वाचन अधिकारी डा. श्रीकृष्ण भट्टराई जानकारी दिनुभयो ।निर्वाचन आयोगले तोकेको आचारसंहिता भन्दा बाहिर रहेर काम गरेमा जो कै लाई कार्बाही गरिने उहाँले बताउनुभयो ।
जिल्लामा दलहरुले संघको निर्वाचनमा ३३ लाख,प्रदेश( क)निर्वाचनमा १९ लाख प्रदेश (ख)मा २३ लाख सम्म खर्च गर्न पाउने भएको तर खर्च विवरण सबै देखाउन पर्ने भट्टराई बताउनुभयो ।साथै उहाँले अहिलेको चुनाव व्यवस्थापीका केन्द्रित रहेको बताउनुभयो ।
यस्तै संघमा एउटा मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ वटा दलले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिनुभएको हो । प्रदेशकमा दुई वटा निर्वाचन क्षेत्र मध्ये प्रदेश (क) मा ८ प्रदेश (ख)मा ९ वटा दलले उम्मेदवारी दर्ता गराएको बताउनुभयो ।चुनावको आचार संमिता पालना गर्न नसक्दा बढी खर्च हुने गरेको निर्वाचन अधिकारी भण्डारीले बताउनुभयो । उहाँले निर्वाचनको लागि आचारसंहिता सम्बन्धी प्रशिक्षण समेत दिनुभएको हो ।
यता प्रमुख जिल्ला अधिकारी सशिधर घिमिरेले शान्ती सुरक्षाको लागि कुनै कमी हुन नदिने बताउनुभयो । कार्यक्रम मुख्य निर्बाचन अधिकृत डा. श्रीकृष्ण भट्टराईको अध्यक्षता , सहायक निर्बाचन अधिकृत महेश खनालको संचालनमा सम्पन्न भएको थियो।
कमेन्ट गर्नुहोस !