रुसमा कोरोनाको तेस्रो लहरको चेतावनी

काठमाण्डौ – रुसमा विज्ञले कोरोनाको तेस्रो लहर आउने चेतावनी दिएका छन् ।कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेको थालेपछि विज्ञले यस्तो बताएका हुन । जहाँ कोरोनाको डेल्टा भेरियन्ट फैलिरहेको रुसमा फेरि गामा भेरियन्टको पनि खतरा बढेको छ । अहिले डेल्टासँगै गामा भेरियन्ट फैलिरहेको पाइएको त्यहाँका अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।
धेरै सङ्क्रामक मानिएको डेल्टा र गामा दुवै भेरियन्ट फैलिरहेकाले चिन्ता थपिएको खबरमा उल्लेख छ। यस्तै, यी दुई भेरियन्टविरुद्ध खोपले पनि प्रभावकारी काम गर्छ गर्दैन भन्ने अन्योल छ ।
कमेन्ट गर्नुहोस !