पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज चुनिए

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका छन्। उनी पाकिस्तानका २३औँ प्रधानमन्त्री हुन्।उनले पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीमा १ सय ७४ मत पाए। उनका प्रतिस्पर्धी रहेका पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का उम्मेदवार शाह महमुद कुरेशीले कुनै मत पाएनन्। पिटिआई निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी हो।
केही दिनअघि इमरानले नयाँ चुनाव गराउन संसद भंग गरेका थिए। तर त्यहाँको सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएको थियो।
कमेन्ट गर्नुहोस !