अर्घाखाँचीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा १४ जना,भुमिकास्थान नगरपालिकामा १ जना,मालारानी गाउँपालिकामा २ जना र छत्रदेव गाउँपालिकामा ३ जना गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लाभरमा हाल सम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या २८ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भए संगै हाल सम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ५सय ४२ रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या २सय २६ पुगेको छ ।यस्तै कोरोना संक्रमण बाट जिल्लाभरमा मृत्यु हुनेको संख्या ६८ रहेको छ ।
कमेन्ट गर्नुहोस !