अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीलाई ढाका कपडा बुनाई तालिम संचालन

सागर महत,सन्धिखर्क ।अर्घाखाँची कारागारमा रहेका कैदीबन्दीहरुमा सीप विकास गरेर उनीलाई आर्थिक रुप आत्मनिर्भर बनाउन ढाका कपडा बुनाई सीप विकास तालिम आजबाट संचालन गरिएको छ ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आर्थिक सहयोगमा कैदीबन्दीलाई १ महिने तालिम संचालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।
सिप सिकेरे सिपलाई व्यवसायीक रूपमा प्रयोग गरी अगाडी बढाउन सकिने भएकाले तालिम महत्वपुर्ण छ ।सोहि अनुसार सिप आर्जन गर्न प्रमुख न्यौपानेले आग्रह गर्नुभयो ।
कुनै पनि मानिसले कुनै प्रकारका सिप सिक्नु भनेको ज्ञान बढ्नु, सिप बढ्नु स्वरोजगार बन्नु व्यक्ति विशेष मात्र नभई राज्यका लागि समेत फाइदाजनक हुने प्रमुख जिल्ला अधिकार बाबुराम अर्यालले बताउनुभयो ।
सिपले आत्म बल बढाउने र आर्थिक आयआर्जन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले बताउनुभयो ।
अर्घाखाँची कारागारमा अहिले ९६ जना कैदीबन्दी छन ।जसमध्ये पुरुष ९० र महिला ६ रहेको कारागार प्रशासन प्रमुख पोमकला भण्डारीले बताउनुभयो ।कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका सुचना अधिकारी हुमबहादुर विकको संचालनमा सम्पन्न भएको हो ।
यस्तै प्रमुख जिल्ला अधिकारी अर्याल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी चक्र बहादुर मल्ल र सशस्त्र प्रमुख भिमसेन बोहोरा लगायतले कैदीबन्दीको खानपान बसोबास लगायतका क्षेत्रको अनुगमन समेत गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !