कांग्रेस अर्घाखाँचीको आयोजनामा बीपी स्मृति दिवसमा वृक्षारोपण

सन्धिखर्क ।नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा वृक्षारोपण गरिएको छ ।आज ४२ औ बीपी स्मृति दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी आज बीपी स्मृति दिवस मनाइने कार्यक्रम अन्तर्गत सन्धिखर्क नगरपालिका वडा नम्बर १ को लदाम बगौंचा आसपासका क्षेत्रमा पिपल, राजवृक्ष, तेजपत्ता, सफेतो, वीरेन्द्र फुल लगायतका बिरुवा रोपिएको नेपाली काँग्रेस जिल्ला जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका विश्वेश्वरप्रसाद कोइरालाको मार्गदर्शनमा लाग्नु अहिलेको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्व जिल्ला सभापति कमल प्रसाद भुसाल, लुम्बिनी प्रदेश कार्य समिति सदस्य शान्ता भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो । पार्टी सभापति केशव श्रेष्ठको सभापतित्व र सचिव कृष्ण प्रसाद खनालको संचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !