थप ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डौं ।नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार २ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५३ जनाको पीसीआर परीक्षण गर्दा ९हजार एक सय ९८ जना र चार सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ४लाख ६४ हजार २ सय १८ पुगेको छ । यस्तै कोभिड–१९बाट नेपालमा एकैदिन २ सय १४ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोभिडबाट मृत्यु हुनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।यस्तै कोरोना सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५हजार सात सय ६७ जना निको भएका छन् । योसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । अहिले नेपालमा एक लाख १३ हजार चार सय ८० जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
कमेन्ट गर्नुहोस !