अर्घाखाँचीमा एकै दिन १२ जना कोरोना मुक्त ,३ जनामा संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।
अर्घाखाँचीमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या २४ सय २ पुगेका छ भने पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमण मुक्त भए सँगै जिल्लामा हाल सम्म कोरोना मुक्त हुनेको संख्या २१ सय १९ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।
अब जिल्लाभरमा २ सय २० जना सक्रिय संक्रमित रहेका छन । यस्तै कोरोना संक्रमण बाट हाल सम्म मृत्यु हुनेको संख्या ६३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !