नेपाल अष्ट्रेलियासँग विश्वकप फुटबलको छनौटमा पराजित

काठमाडौं ।नेपाल अष्ट्रेलियासँग विश्वकप फुटबलको छनौटमा पराजित भएको छ ।गएराति कुवेतको कुवेत सिटीमा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ ।सुरुदेखि नै अस्ट्रेलियाको दबाबमा रहेको नेपालका रोहित चन्द ४५ औं मिनेटमा रातो कार्ड पाउँदै मैदान बाहिर गएपछि नेपाल १० खेलाडीमा सीमित रहेको थियो ।यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको खेलमा छनौट भएको छ ।
कमेन्ट गर्नुहोस !