थप ४हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि,८१ को मृत्यु

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ४हजार ३ सय ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।१२ हजार ७४ जनाको पीसीआर परीक्षण गर्दा ३हजार ४ सय ४९ जनामा र ४ हजार ५ सय ६८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा ८ सय ९५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८० हजार ३ सय ३६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जना कोरोनामुक्त भएका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप ८१ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !