आज गुरुङ समुदायको तमु ल्होसार पर्व सार्वजनिक विदा

काठमाण्डौं ।आज पुस १५ अर्थात तमु ल्होसार । आज धुमधामका साथ यो पर्व मनाईदैछ । गुरुङ समुदायले आजको दिनलाई नयाँ बर्षको शुरुवात भएको दिन मान्दै तमु ल्होसारलाई धुमधामका साथ मनाउने गर्दछन् । उनिहरुले हरेक बर्षको १५ गते तमु ल्होसार मनाउने गर्दछन् ।यसैबीच, सरकारले गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज सार्वजनिक विदा दिएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले विदा दिने निर्णय गरेको हो ।यो पर्वमा मिठा परिकार खाने, राति जाग्राम बस्ने, बात (दन्त्य कथा) भन्ने र देउडा खेल्ने चलन रहेको यस क्षेत्रको संस्कृतिसम्बन्धी जानकार बताउँछन्। यस दिन १५ किसिमका परिकार खाने प्रचलन छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close