माछाले टोकेर दाङमा एक जनाको मृत्यु

दाङ ।दाङमा माछाले टोक्दा एक जनाको मृत्यु भएको छ । अढाइ जातको माछाले टोक्दा जिल्लाको लमही नगरपालिका वडा नम्बर १ सुन्डबरीका ४९ वर्षीय खिमबहादुर घर्तीको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।माछाले टोकेर बेहोस भएपछि उहाँलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो ।
कमेन्ट गर्नुहोस !