नेपाल पत्रकार महासंघको चुनाव आज हुँदै

अर्घाखाँची ।नेपाल पत्रकार महासङ्घको चुनाव आज हुँदै छ । महासङ्घको चुनावका लागि विभिन्न राजनीतिक दलनिकट पत्रकार सङ्गठनहरु प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । केन्द्रदेखि प्रदेश र जिल्ला शाखासम्म अध्यक्षदेखि सदस्यसम्म विभिन्न पदका लागि निर्वाचनको तयारी तीव्र पारिएको छ ।आज मतदान बिहान १० बजे देखि दिउसो ४ बजे सम्म हुने छ ।महासङ्घको यस वर्षको निर्वाचनमा १३ हजार १२२ मतदाता छन् । केन्द्रीय समितिका ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ । यस्तै अर्घाखाँचीका पनि चुनावको तयारी पुरा भएको निर्वाचन आयोग अर्घाखाँचीले जनाएको छ ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाको निर्वाचनको निम्ति ( प्रेश युनियन ,प्रेश सेन्टर ,प्रगतिशील पत्रकार संघ,प्रेश चौतारी ( माधब समुह,जन पत्रकार संघ ,प्रेश मंच नेपाल ) को गठबन्धन बाट अध्यक्षमा अशोक खनाल र ओलि निकट प्रेस चौतारीबाट अध्यक्षमा गणेश खनालको दरखास्त परेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close