अर्घाखाँचीमा भरुवा बन्दुक सहित एक जना पक्राउ

सागर महत,साउन १७अर्घाखाँची ।
अर्घाखाँचीमा एक नाले भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा शितगंगा नगरपालिका वडा नम्बर १२ खुम्चिकोटका ३६ वर्षिय सन्दिप बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

सन्दिप सहित ३ जना भरुवा बन्दुक बोकेर जंगलमा सिकार खेल्ने गएको गोप्य सुचनाका आधारमा पक्राउ गर्न गएको ईलाका प्रहरी कार्यालय ठाडा को प्रहरीले जगंलमा फेला नपारेपछि घर नजिकै घाँसमा लुकाएको अवस्थामा १ थान भरुवा बन्दुक फेला पारेको प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

सोहि समयमा सन्दिपलाई पक्राउ गरिएको हो ।पछि अनुसन्धानको क्रममा ज्ञानबहादुर सुनारको बारीको ओडारमा थप २ वटा एक नाले भरुवा बन्दुक फेला पारिएको हो ।प्रहरीले एक नाले भरुवा बन्दुक ३ थान,फलामको छर्रा २१वटा,सिसाको टुक्राहरु ३४ वटा,केय ६वटा,प्लाष्टिकको बोतलमा ३सय ४८ ग्राम बारुद र सानो साईजका पटका २वटा समेत बरामद गरी थप अनुसन्धान गरिरहेको सुचना अधिकारी झलक प्रसाद शर्माको भनाई छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close