कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिका नयाँ कार्यसमितिका पदाधिकारीलाई जिम्मेवारी प्रदान

बुटवल । नेपाली कांग्रेस अर्घाखाँची–रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनपश्चात् गठित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम बुधबार बुटवलमा सम्पन्न भएको छ।कार्यक्रमको प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठले कार्यसमितिका पदाधिकारीहरूलाई बधाई दिँदै बढ्दो भ्रष्टाचार, गुटबन्दी र अनैतिक आचरणप्रति असन्तुष्टि जनाउनुभएको छ। कांग्रेसको मूल मूल्य मान्यता नै सादगी, शुद्धता र जनप्रतिनिधित्व हो। यी मूल्यहरूमाथि कुठाराघात गर्ने जसलाई पनि पार्टीले संरक्षण दिनुहुन्न भने विषयमा जोड दिनुभएको हो ।

विशिष्ट अतिथि लुम्बिनी प्रदेश संसदीय दलकी पूर्व सचेतक तथा कांग्रेस महासमिति सदस्य निर्मला क्षेत्रीले सम्पर्क समितिहरू पार्टीको मेरुदण्डसरह भूमिका निर्वाह गर्ने भएकाले तिनको सक्रियता र जवाफदेहीताले संगठनलाई मजबुत बनाउने बताउनुभयो । “गाली–गलौज गरेर, सामाजिक सञ्जालमा आरोप–प्रत्यारोपको खेती गरेर होइन, जनताको विश्वास जित्ने काम गरेर मात्र कांग्रेस बलियो हुने उहाँको भनाई छ ।

उहाँले सम्पर्क समितिका नवनिर्वाचित कार्यसमितिलाई बधाइ दिँदै पार्टी नीति, विचार र आचरणप्रति प्रतिबद्ध रहन आग्रह गर्नुभयो। “हामीले जनता समक्ष भरोसा बनाउने हो भने हाम्रो बोली, चालचलन र व्यवहारमा अनुशासन र समर्पण झल्किनैपर्ने उहाँले धारणा राख्नुभयो ।
अर्घाखाँची–रुपन्देही सम्पर्क समितिका निवर्तमान अध्यक्ष तुल्सी भुसालले नयाँ कार्यसमितिलाई बधाई दिँदै विगतमा गरिएको कार्यको समीक्षा गर्दै अबको कार्यकाललाई अझ प्रभावकारी बनाउने दिशामा अग्रसर हुन आग्रह गर्नुभयो।
कार्यक्रममा सहभागी सबै वक्ताहरूले सम्पर्क समितिको भूमिकालाई राजनीतिक चेतना फैलाउने, पार्टी–जनता सम्बन्ध सुदृढ गर्ने र युवालाई सक्रिय बनाउने दिशामा केन्द्रित गर्न सुझाव दिएका थिए। त्यसैगरी समितिका नवनिर्वाचित अध्यक्ष टिकाराम बन्जाडेले पार्टीको नीतिनियमलाई अक्षरस पालना गर्दै जिल्लाबासीको हितमा आफु जतिबेला पनि साथमा रहने प्रतिबध्दता गर्नुभयो ।

जेष्ठ २४ गते सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा टिकाराम बन्जाडेको अध्यक्षतामा ३९ सदस्यीय कार्यसमिति चयन गरेको थियो। उपाध्यक्षहरूमा विनोद घिमिरे, लोकनाथ पोख्रेल, नमकला बेल्बासे, सचिवहरूमा चन्द्रमणी भुसाल, पदम घिमिरे, भरतमणि घिमिरे, सह–सचिवहरूमा सुर्य पौडेल, लक्ष्मण बेल्बासे, गुणानिधी खनाल, गोपाल पौडेल, कोषाध्यक्षमा सुर्य खनाल र सह–कोषाध्यक्षमा बबिता भुसाल रहनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा शिव प्रसाद पोख्रेल, क्याप्टेन झविन्द्र घिमिरे, कमलेस गौतम, लक्ष्मी श्रेष्ठ, लक्ष्मण रेग्मी, भोजराज भुसाल, भगवता बेल्बासे, समिता कार्की, निरन्जन गौतम, चन्द्रकान्त आचार्य, हेमन्तराज मरासिनी, गिता बन्जाडे, पिताम्बर भटराई, बाबुराम बेल्बासे, विष्णु बहादुर बस्नेत, भोजराज पाण्डे, कृष्ण प्रसाद पाण्डे, माधव प्रसाद खनाल, अर्जुन गौतम, अर्जुन पोख्रेल, प्रकाश घिमिरेलगायत ३९ जना रहनुभएको थियो ।कार्यक्रममा नेपाली काग्रेस अर्घाखाँची सदस्य विष्णु पौडे्ल,विद्यार्थी नेता प्रदिप घर्ती लगायतको पनि सहभागीता रहेको थियो ।

निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित बनाउन तीन सदस्यीय समिति गठन गरिएको थियो, जसमा माधव भुसाल संयोजक तथा लोकबहादुर पौडेल र ठाकुर घिमिरे सदस्य रहनुभएको थियो । नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम माधव भुसालको अध्यक्षता र ठाकुर घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close