छत्रदेवमा श्रीमतीले आफ्नै श्रीमानको दाउले हानेर हत्या गरिन

सागर महत,असार ०१,अर्घाखाँची ।
अर्घाखाँचीमा श्रीमतीले आफ्नै श्रीमानको दाउले हानेर हत्या गरेकी छिन्।जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ३शिख्रकी २७ वर्षीया मेखमाया कुमालले गएराति करिब १२ः३५ बजे सुतिरहेका आफ्ना ३८ वर्षीय श्रीमान रामु कुमालको टाउकोमा दाउ प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
हिजो साँझ श्रीमान–श्रीमतीबीच घरायसी विवाद भएको थियो। सोही विवादको आवेगमा मेखमायाले राति श्रीमान निदाएको मौका छोपी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पत्रकार सम्मेलनबाट प्रहरी नायव उपरिक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभएको छ।

मृतक श्रीमानले मदिरा समेत सेवन गरेर सुतेका थिए । प्रहरीले हत्यामा संलग्न मेखमायालाई हत्यामा प्रयोग भएको दाउसहित आज बिहान घटनास्थलबाटै पक्राउ गरेको हो। पक्राउ परेकी मेखमायामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्ष मल्लको भनाइ छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close