अर्घाखाँचीका प्रकाश बेल्बासे सहित चार जना पक्राउ

सन्धिखर्क ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका खिल्जीका प्रकाश बेल्बासे(प्रकाश दाइ)सहित ४ जनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नियन्त्रणमा लिएको छ ।कार्तिक २० गते जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको मुख्य गेट सुरक्षा निकायले लगाएको र जबरजस्ती बेल्बासे नै अघि रहेर मुल गेटको माथीबाट भित्र पसेका थिए ।त्यति मात्र हैन उनी प्रमुख जिल्ला अधिकारीको कार्यकक्षा मा पसी फर्निचरका सामाग्री हान्ने लगायतका क्रियाकलाप गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।सोहि घटनामा थप ५ जना समेत पक्राउ गर्ने प्रहरी श्रोतले जनाएको छ ।प्रहरीले चालकलाई अहिले पक्राउ गरेर थुनामा राखि सकेको छ ।शान्ती सुरक्षालाई आच आउने गतिविधि गरेको बताएको छ ।

आन्दोलनमा सहभागी हुँदाको झलक

घटना के हो
भुमिकास्थान नगरपालिका वडा नम्बर ६ को उदयठाटीमा गत कार्तिक १९ गते भैलो खेलिरहेकाहरुमाथी बस एक्कासी आउँदा घटना स्थलमा २ जनाको मृत्यु भएको थियो ।मृत्यु हुनेमा भुमिकास्थान नगरपालिकामा रोजगार सहायकमा काम गर्ने तारा श्रेष्ठ र भुमिकास्थान २ कि रुनी खनालको मृत्यु भएको थियो ।

सोहि घटनामा प्रकाश बेल्बासे(प्रकाश दाइ)सहित दर्जनै घाइते भएका थिए ।उनी सन्धिखर्कमा आउने क्रममा प्रहरी प्रशासनले समयमै दोषी चालकलाई पक्राउ नगरेको आरोप समेत लगाएका थिए । आन्दोलनमा भुमिकास्थान नगरपालिका का नागरिकको सहभागीता थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close