अर्घाखाँचीबाट हराएका तीन बालक प्युठानमा फेला परे

सन्धिखर्क ।अर्घाखाँचीबाट हराएका तीन बालक प्युठानमा फेला परेका छन । जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ७ बामरुक घर बताउने अन्दाजी १३ वर्षीय अमृत खत्री, १० वर्षीय अर्जुन नेपाली र ११ वर्षीय अमृत नेपाली प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर ६ पल्लाबारी स्थित प्रतिक्षालयमा आज साँझ ७ः४० फेला परेका छ्न।
शनिबारदेखि घरबाट निस्कीएर परिवारको सम्पर्कमा नआएका उनीहरुलाई ऐरावती गाउँपालिका का अनुप पाण्डेले फेला पारेपछि प्रहरीलाई खबर गरेको उहाँले बताउनुभयो ।अहिले परिवार श्रोत पनि सम्पर्कमा आएको र उनीहरुलाई खाना खुवाएर आफन्तको जिम्मेवारी लगाइने जनाएको छ । आफन्तहरु अहिले गाडीमा ति बालक ल्याउनको लागि घरबाट हिडेको बताएको छ ।
कमेन्ट गर्नुहोस !