बालरोग सम्बन्धी आधारभुत तालिम सन्धिखर्कमा सम्पन्न

सागर महत,सन्धिखर्क ।सन्धिखर्क ।स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा स्वास्थ्यक्रमीहरुको लागि समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन सम्बन्धी आधारभुत तालिम सन्धिखर्कमा सम्पन्न भएको छ ।
कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव नेपालीले स्वास्थ्यकर्मिहरुले यस तालिमवाट सिकेका कुराहरुलाई आफ्नो स्वास्थ्य केन्द्र तथा व्यवहारिकतामा लागु गर्न आग्रह गर्नुभयो ।विशेष गरि बालबालिकामा लाग्ने रोग दादुरा,रुबेला,निमोनिया,झाडापखला,कुपोषण मलेरिया(ओलो)जस्ता रोगको नियन्त्रणका लागि आफ्नो स्वास्थ्य चौकिमा अपुग औषधिहरु पालिका, प्रदेश तथा केन्द्रमा माग गर्न समेत आग्रह गर्नुभएको थियो ।
यस्तै पखाला ज्वरो र कानको मूल्याङ्कन एवं वर्गीकरण, कुपोषणको जाँच, बच्चालाई खोपको स्थिति, भिटामिन ‘ए’ र जुकाको औषधी खुवाए नखुवाएको जाँचलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको बताउनुभयो ।
जसका कारणले बालबालिको उपचारमा सहज र मुत्युदर कम हुने अपेक्षा राखिएको छ ।६ दिन सम्म संचालन भएको तालिमा जिल्लाका ६वटै स्थानीय तहका प्रतिनिधित्वमुलक स्वास्थ्यक्रमीहरुको सहभागीता रहेको सुचना अधिकारी विजय विकले जानकारी दिनुभयो । आजको कार्यक्रममा प्रादेशीक स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुँवरले समेत सहिजिकरण गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close