नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५ करोड रुपियाँ सहयोग

काठमाडौँ।अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आइसिसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५करोड रुपियाँ सहयोग गरेको छ ।
सरकारले यसै आगामी जुनमा आयोजना हुने विश्वकपमा नेपाली टोलीको तयारीका लागि पाँच करोड रुपियाँ विनियोजन गरेको नेपाल क्रिकेट संघ(क्यान) ले उल्लेख गरेको छ ।
नेपालले १० वर्षपछि टी–२० विश्वकप क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१४ मा बंगलादशेमा भएको टी–२० विश्वकप खेलेको थियो ।
कमेन्ट गर्नुहोस !