गोपेश्वर पिठ मथुराको १६ औं साधारण सभा तथा अधिवेशनको उद्धघाट्न कार्यक्रम सम्पन्न

रुद्रमणि भुसाल,सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ५ मा रहेकोे मथुरा वृद्धाश्रम गोपेश्वर पिठको १६ औं साधारण सभा तथा अधिवेशनको उद्धघाट्न कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सन्धिखर्क नगरपालीका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले मथुरा वृद्धाश्रम गोपेश्वर पिठको भौतिक पुर्वाधार निर्माणसगै प्रचार प्रसारमा नगरपालिकाले सधै प्राथामिकता दिने बताउनु भयो ।

जिल्ला समन्वय समिति अर्घाखाँचीका पुर्व प्रमुख पिताम्बर भुसाल ,वडा नम्बर ५ का अध्यक्ष ऋषब अधिकारी , ईन्जिनियर भरतमणी आचार्य, वडा नम्बर ४ का वडा सदस्य चोपलाल श्रेष्ठ, पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्याक्ष रुद्रमणी भुसाल, समाजसेबी अर्जुन अधिकारी लगायतका वक्ताले गोपेश्वर पिठलाई संक्षणमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्नेमा जोडदिनु भएको थियो। कार्यक्रम पिठका अध्यक्ष ढुडिराज अधिकारीको अध्यक्षता र संचालन सह–सचीव कृष्ण प्रसाद भुसालले गर्नुभएको थियो । समितिले गोपेश्वर पिठमा महत्वपुर्ण योगदान गरेका नारायण भट्टराई लगायत ४ जनालाई सम्मान समेत गरेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close