अर्घाखाँचीमा विप्लबका कार्यकर्ता मकै खन्ने देखि सडक निर्माण कार्यमा व्यस्त

सागर /अर्घाखाँची ।
विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीका कार्यकर्ता पछिल्लो समय विकास निर्माणका काम सँगै सामाजिक कार्यमा लागेका छन । जसमा समुह बनाइ किसानको मकै खन्ने देखि सडक निर्माणमा लागेको पार्टीका जिल्ला सेक्रेटरी खेम घर्तीले जानकारी दिनुभयो ।
अहिले सम्म जिल्लाको भुमिकास्थान नगरपालिका क्षेत्रका विभिन्न ठाउँमा सोहि अभियान संचालन गरिएको बताइएको छ।
यता केहि समय पहिला विप्लबका कार्यकर्ता देख्दा डराउने यहाँका नागरिक युवाहरुको हातमा खोदालो फरुवा बेल्चा लगायतका औजारहरु बोकेर विभिन्न काममा सक्रिय देख्दा नागरिक अच्चम परेका छन ।
कमेन्ट गर्नुहोस !