अर्घाखाँचीमा ढुङ्गाले लागेर एक जनाको मृत्यु,एक घाइते

अर्घाखाँची । अर्घाखाँचीमा ढुङ्गाले लागेर बुधबार एक जना महिलाको मृत्यु भएको छ।सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर मन्दिर परिसरमा पसल गर्दै आएकी सन्धिखर्क नगरपालिका वडा नम्बर ७ कि ३५ वर्षिय कल्पना थापाको ढुङ्गाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुङ्गाले लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । थापा ३ वर्ष अघिदेखि मन्दिर परिसरमा पुजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिईन् ।
यस्तै मृतक थापाकी १७ वर्षिय छोरी गैरी थापा सोही घटनामा परेर घाइते भएकी छिन ।उनको खुट्टामा चोट लागेको छ ।हाल सन्धिखर्कमा उपचार भैरहेको सुचना अधिकारी घिमिरेले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस !