अर्घाखाँचीमा बजार अनुगमनको क्रममा जफत भएका अखाद्यय सामान नष्ट

अर्घाखाँची।जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको संयुक्त आयोजनामा गरिएको बजार अनुगमनको क्रममा जफत गरिएका अखाद्यय सामाग्री नष्ट गरिएको छ ।जिल्लाको सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाको बिभिन्न ठाउँमा बजार अनुगमनको क्रममा भेटिएका अखाद्यय सामाग्री जिल्ला प्रशासनको कार्यालय परिसरमा जलाई नष्ट गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे,घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख सन्तोष खनाल लगायतको सहभागीता रहेको थियो ।यस्तै अनुगमनको क्रममा दर्ता नगरी संचालन गरेका पसललाई तत्कालई दर्ता गर्न निर्देशन दिएको बताईएको छ ।
कमेन्ट गर्नुहोस !