मेगा बैंक सन्धिखर्क शाखामा जेष्ठ नागरिकलाई छुट्टै काउन्टरको स्थापना

सागर महत /अर्घाखाँची ।
मेगा बैंक नेपाल लिमिटेड सन्धिखर्क शाखामा आज बाट जेष्ठ नागरिक लाई छुट्टै काउन्टरको स्थापना गरि सेवा सुचारु गरिएकोे छ । भुमिकास्थान नगरपालिका वडा नम्बर १० धनचौरका जेष्ठ नागरिक प्रेमनारायण गैरेले रिबन काटी सेवा लिए संगै जेष्ठ नागरिकहरुका लागि छुट्टै काउन्टरको स्थापना गरि आज बाट सेवा सुचारु गरेको मेगा बैंक अर्घाखाँचीका प्रबन्धक लक्ष्मण क्षेत्रीले जानकारी दिनुभयो ।
अन्य सेवाग्राही संगै लाईनमा बस्नु पर्दा जेष्ठ नागरिकले निकै सास्थी भोग्नु परेको थियो ।जेष्ठ नागरिकको समस्या लाई मध्यनजर गदै बैंकले काउन्टर स्थापना गरेको जनाईएको छ ।अब जेष्ठ नागरिक लाईनमा बसेर घण्टै कुर्नु पर्ने समस्या हटेको छ । कार्यक्रममा बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आविश्कार खनाल ,सन्धिखर्क नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष युवराज बन्जाडे,१० का वडा अध्यक्ष लक्ष्मीनारायण चुँदाली, व्यवसायी दुर्गा भुसाल, रेखा भाट क्षेत्री, बैंक का कर्मचारी सृर्जन भुसाल लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close