अर्घाखाँची प्रशासनले ७४ वर्षिय वृद्वलाई नागरिकता र राष्ट्रिय परिचयपत्र एकै पटक प्रदान गर्‍यो

सन्धिखर्क,साउन २६ ।अर्घाखाँचीमा ७४ वर्षिय वृद्वलाई पहिलो पटक नेपाली नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र प्रदान गरिएको छ ।

जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर १, चिदीका खन्नेबास पाँडेटोल निवासी ७४ वर्षीय मुक्तीराम आचार्यलाई प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल लगायको सहभागीतामा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।

नागरिकता र परिचयपत्र हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला,उपप्रमुख लक्ष्मी शर्मा छत्रदेव गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष काजिबाबु ज्ञावाली, वडासदस्य हरिप्रसाद पाण्डे र कार्यपालिका सदस्य देवकला बिक लगायतको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close