अब देशको मुल पार्टी कांग्रेस हो, भन्दै १सय १३ घर परिवार भुमिकास्थानमा पार्टी प्रवेश

अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर १ को राजिमे, कुसुममारे, पोख्राखर्कका १ सय १३ घरपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।प्रवेश गर्नेमा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र परित्याग गरि कांग्रेस प्रवेश गरेका हुन् ।नव प्रवेशीले अब नेतृत्व गर्ने नै देशको मुल पार्टी कांग्रेस भएकाले आफुहरुले कांग्रेस रोजेको बताएका थिए ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस जिल्ला सचिव कृष्ण प्रसाद खनाल, जिल्ला सदस्य बिष्णु क्षेत्री, जिल्ला सदस्य सुर्य प्रसाद भुसाल, भुमिकास्थान नगरसभापति तथा कांग्रेस नेता खडान्नद बेल्वासे, प्रदेस नम्बर १ का प्रतिनिधि गोपाल खनाल, तरुण दल भुमिकास्थान नगरसभापति राजकुमार श्रेष्ठ, पुर्व क्षेत्रीय सचिव युवराज खनाल, नगर सहसचिव देविराम खनाल, वडा सभापति बिष्णु प्रसाद खनाल, प्रेस युनियनका सचिव बिष्णु खनाल लगायको सहभागीतामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।साथै नव प्रवेशीहरु लाई खुलेर अब चुनाव केन्दित भइ प्रचार पसारमा लाग्न समेत आग्रह गरिएको थियो ।
कमेन्ट गर्नुहोस !