नेपाल शिक्षक संघ अर्घाखाँचीको आयोजनामा बिरामीलाई फलफुल वितरण

प्रेमनारायण आचार्य,सन्धिखर्क।नेपाल शिक्षक संघ अर्घाखाँचीले आफ्नो स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा भर्ना भएका विरामीहरुलाइ फलफुल वितरण गरेको छ ।
शिक्षक संघको ३५ औ स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पतालमा भर्ना भएका विरामीको स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरिएको नेपाल शिक्षक संघका जिल्ला सचिव कृष्ण खनालले बताउनुभयो ।
फलफुल वितरण कार्यक्रममा अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारी, नेपाल ट्रेड युनियन कांग्रेसका लुम्बिनी प्रदेश उपाध्यक्ष नन्दराम भट्टराई, सन्धिखर्क ११ का वडा अध्यक्ष चेतनारायण आचार्य, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य प्रेमनारायण आचार्य, शिक्षक संघका जिल्ला अध्यक्ष सारदा भट्टराई, उपाध्यक्ष हरि घिमिरे, संघिय प्रतिनिधि प्रदिप भण्डारी, सारदा रायमाझि, प्रकाश भुसाल, महेश्वर पन्थी, कैलाश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम शिक्षक संघका जिल्ला अध्यक्ष सारदा भट्टराईको अध्यक्षता र सचिव कृष्ण खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस !