छत्रदेव गाउँपालिकाको बजेट ५० करोड बढी,कृषि,स्वास्थ्य र शिक्षामा प्राथामिकता

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आगामि आर्थिक बर्षको निति तथा कार्यक्रम सर्बसहमतले पारित भएको छ । सभाका अध्यक्ष चन्द्रमान श्रेष्ठले पेश गर्नु भएको प्रस्तावत सर्बसहमतले पारित भएको हो ।
पस्ताव पारित भए संगै आर्थिक वर्ष २०८०÷८१ लागि ५०करोड ९४लाख ६८हजार १ सय ६१रुपैयाँको बजेट गाउँपालिका उपाध्यक्ष मनी पन्थीले पस्तुत गर्नुभएको हो।
कृषिमा आत्मनिर्भरको लागि करार खेती,कृषि सामाग्री ढुवानीमा अनुदान,माटो परिक्षण,एक गाउँ एक प्राविधिक ,युवा जनशक्ति परिचालन गरि एक वडा एक उत्पादन कार्यक्रम बजेटमा समावेश गरिएको छ ।
यस्तै,पशु बिमा कार्यक्रम, दुध उत्पादनका आधारमा अनुदान,वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई विदेशमा सिकेको सीपलाई उपयोग गदै उत्पादनमुलक कार्य गर्न सहयोग गर्ने उपाध्यक्ष पन्थीले बताउनुभयो ।
खुशी विद्यार्थी संस्कारयुक्त गुणस्तरीय शिक्षाको मान्यता अनुसार नानीसँग ज्ञानी कार्यक्रम विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम अन्तर्गत नर्सरी एलकेजी लाई निशुल्क पाठयपुस्तक, शिक्षाको गुणस्तर सुधारको लागि कक्षा १ देख ५ सम्म कार्यक्रम,शिक्षकलाई पेसागत तालिम बालविकास सहजकर्ता ,प्राविधिक अध्यानको लागि छात्रवृत्ति,स्थानीय पाठयपुस्तक निर्माण गर्ने विषयलाई पनि समावेश गरिएको प्रमुख प्रशासकिय अधिकृत भेषराज पन्थले बताउनुभयो ।
यस्तै गाउँपालिकावासीलाई स्वस्थ बनाउनको लागि सर्वसुलभ भरपर्दे तथा गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्ने,बालबालिकाहरुको पोषणमा सुधार,आमा सुरक्षा कार्यक्रम,निशुल्क स्वास्थ्य शिविर संचाल गर्ने,बल्कोट प्राथामिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा संचालन गर्ने ,प्राथामिक आँखा उपचार केन्द्र स्थापना गर्ने निति तथा कार्यक्रममा समावेश गरिएको छ । लिफट खानेपानीमा ५० प्रतिशत बिद्युत महशुल भुक्तानी गर्ने पनि जनाएको छ ।
कमेन्ट गर्नुहोस !