लुम्बिनी प्रदेशमा कांग्रेसद्वारा वार्ताका लागि कार्यदल गठनःनेता कनोडिया

बुटवल ।राजनीतिक पछिल्लो गतिविधि लाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ ।कांग्रेस संसदी दलका नेता वीरेन्द्रकुमार कनोडियाले कार्यदल गठन गर्नुभएको हो । कार्यदलमा कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खान, बीरबहादुर राना र रमा अर्याल रहनुभएको छ ।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नेकपा एमालेका नेता शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेपछि सर्वोच्चको पछिल्लो फैसलापछि उत्पन्न राजनीतिक फेरबदललाई मध्यनजर गरी लुम्बिनी प्रदेश सभाको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अन्य दलसँग वार्ताका लागि कार्यदल गठन गरेको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धन सरकार छ । सर्वोच्चको फैसलापछि उत्पन्न परिस्थितिमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा प्रदेश सरकार संकटमा पर्नेछ ।

एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनबाट लुम्बिनी प्रदेश सभाको ८७ सिटमध्ये एमालेबाट ४१ जना र माओवादी केन्द्रबाट २० जना प्रदेश सांसद निर्वाचित भएका थिए । अब एकता खारेज भएसँगै सरकार टिकाउन एमालेलाई ३ जना सांसद अपुग भएको छ ।

लुम्बिनी प्रदेश सभामा प्रमुख विपक्षी दल कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एक जना सांसद छन् । अब मुख्यमन्त्री पोखरेलले बहुमत पुर्‍याउन राष्ट्रिय जनमोर्चाबाहेक कुनै एक दलको समर्थन लिए पुग्छ ।

 

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close