नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको आज सन्धिखर्कमा हुँदै

अर्घाखाँची ।नेकपा एमाले अर्घाखाँचीको ८ औं जिल्ला अधिवेशनको तयारी पुरा भएको जनाएको छ । सन्धिखर्कको संगम फुड ल्याण्डमा हुने कार्यक्रमको उद्घाटन एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझीले गर्ने समेत बताइएको छ ।अधिवेशनमा सन्धिखर्कबाट ९९, मालारानीबाट ७२, सितगंगाबाट ६८, पाणिनिबाट ६४, भुमिकास्थानबाट ६१, छत्रदेवबाट ५६, शाखाबाट १५, आयोजक कमिटी १००, मनोनित २७ गरि कुल ५सय६३ प्रतिनिधि आज सदरमुकाम सन्धिखर्क सहभागि हुनेछन् । देशभर एकै साथ हुन लागेको अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा लुम्बिनी प्रदेश कमिटी सदस्य पिताम्बर भुसालले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । मालारानी गाउँपालिका वडा नम्बर ५ मा जन्मनुभएका भुसाल लगातार २४ वर्ष जिल्ला कमिटी सदस्य, सचिवालय सदस्यको रुपमा पार्टी काममा निरन्तर खटेका नेता भुसाल कुशल संगठक तथा सबैमा लोकप्रिय वैचारिक नेताका रुपमा चिनिनुहुन्छ । २०७५मा एमाले र माओवादी केन्द्र एकता पश्चात तत्कालीन २०६५ मा वुटवलमा सम्पन्न आठौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७० मा काठमाडौँमा सम्पन्न नवौ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि, २०७८ असोजमा सम्पन्न ऐतिहासिक प्रथम विधान महाधिवेशन प्रतिनिधि र २०७८ मंसिरमा चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि जानुभएका भुसाल हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
कमेन्ट गर्नुहोस !