भोली कांग्रेस महामन्त्री गगन थापा आउने अर्घाखाँचीको कार्यक्रमको तयारी पुरा

अर्घाखाँची ।नेपाली कांग्रेस पाणिनी गाउँपालिका कार्यसमितिको आयोजनामा हुने वृहत आमसभाको सम्पुर्ण तयारी पुरा भएको छ ।आमसभालाई सम्बोधन गर्नको लागि कांग्रेसका नवनिर्वाचित महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापा भोली (सोमबार)पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा आउने कार्यक्रम तय भएको छ ।यस्तै आमसभालाई सम्बोधन गर्नको लागि नवनिर्वाचित केन्द्रीय सदस्य तथा पुष्पा भुसाल, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य सञ्जय गौतम लगायतका वक्ताहरुले समेत सहभागी हुने कांग्रेस जिल्ला सचिव एवं पाणिनि गाउँपालिका अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभयो ।कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने छ ।
कमेन्ट गर्नुहोस !