अर्घाखाँचीमा १८ वर्षका विद्यार्थीले इलेक्ट्रोनिक बाइक निर्माण गरे

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ म्याल पोखरीका १८ वर्षिय सागर पोख्रेलले ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाउनुभएको छ । १२ भोल्टका ४ वटा ब्याट्री,एउटा मोटर,३,वटा ब्रेक,१६ थरीको हरन,काठको सिट लगायतका सामाग्री प्रयोग गरि बनाइएको बाइकको लागत कुल १ लाख २० हजार लागेको उहाँको भनाइ छ । बाइक ४ देखि ५ घण्टा चार्ज लगाएपछि १ सय किलोमिटर सम्म गुड्ने क्षमता रहेको बताइएको छ ।
बुटवलको नविन औद्योगिक कदर बहादुर स्कुलमा अध्ययनरत पोख्रेलले बिदाको समयमा घरमा बस्न आउनुभएका पोख्रेलले पटक पटक गरि १ वर्षको अवधीमा बिदाको समयलाई सदुपयोग गरी कुनै तालिमविना इलेक्ट्रोनिक बाइक बनाउनुभएको हो । घर वरिपरि नै रहेका खेर जाने वस्तु तथा बजारबाट आवश्यक वस्तुको सङ्कलन गरी ब्याक गियर सहितको इलेक्ट्रोनिक बाइक बनाएको सागर पोख्रेलको भनाइ छ ।
बाइक अर्घाखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन गरिएको छ । प्रदर्शन क्रममा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमलप्रसाद भुसालले सोहि बाइक लाइ चलाउदै आवश्यक पर्ने सहयोग गर्नको लागि नगरपालिका तयार रहेको बताउनुभएको हो ।
कमेन्ट गर्नुहोस !