शान्ति माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीद्वारा कक्षा ११ नवआगन्तुक विद्यार्थी लाई स्वागत

अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५, बाँगी आरुखोरमा रहेको शान्ति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११ मा अध्ययनरत नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समति अध्यक्ष चन्द्र बहादुर खड्काको प्रमुख आतिथ्यता प्रधानाध्यापक मान बहादुर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा  मालारानी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सोभाकर भुसाल ,अम्बिदिव छात्रवृत्ति अक्षयकोषका संचालक नरेन्द्र कुमार क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द बहादुर खड्काले नव आगुन्तक विद्यार्थीहरुलाई स्वागत गर्दै यस्ता खालका कार्यक्रम हरुले विद्यार्थीहरु विच आपसि समझदारी, आत्मियता र सद्चभाव अभिवृद्धि गर्ने वताउनु भएको थियो ।

No description available.

यस्तै प्रध्यानध्यपक मान बहादुर पाण्डेले कक्षा १२ का विद्यार्थीहरुले उक्त स्वागत कार्यक्रम आयोजना गरेको हुदा विद्यालयको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दै सद्भाव अभिवृद्धी गर्ने काम भएको बताउनु भएको थियो । साथै उहाँले अध्ययनरत विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको लागिपर्नु पर्ने र विद्यार्थीले पनि विद्यालयको गुणस्तर कायम राख्न सहयोग गर्नुपर्ने बताउनु भएको थियो ।

No description available.

विद्यार्थीहरुलाई छात्रवृती समेत वितरण गरीएको छ । अक्षयकोषका संचालक नरेन्द कुमार क्षेत्रीले विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार, मेहेनती विद्यार्थीहरु पढाईबाट बन्चित नहोस भनेर सो अक्षयकोषको स्थापना गरी हरेक वर्ष छात्रवृत्ती वितरण गर्दै आइरहेको बताउनु भयो ।त्यस्तै यसै कार्यक्रमको अवसरमा मालारानी गाउँपालीका ५ बाँगी, आपकापाटा निवासी तुल बहादुर पाण्डेले यस विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न, गरिब, जेहेन्दार विद्यार्थीहरु पढाईबाट बन्चित हुन नपारोस भन्ने उद्देश्यले रु १०,१०० को अक्षयकोष पनि स्थापना गर्नुभएको छ ।कार्यक्रममा वडा अध्यक्ष सोभाकर भुसाल, वडा सदस्य डाल बहादुर चौहान,विद्यालय व्यवस्थापन समिति सदस्य हुम बहादुर महत लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा शिक्षकहरु छविलाल घिमिरे, अशोक पौडेल, धनिराम भुसाल झविन्द्र खड्का, बसन्त खड्का, मुनाल खड्का,प्रदिप भुसाल प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फका प्रशिक्षक विकास कुँवर, सहायक प्रशिक्षक रेशम भुसाल लगाएत अन्य शिक्षक शिक्षिका हरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम कक्षा १२ का छात्रा बिपना के.सि.को स्वागत मन्तव्य, कक्षा ११ मा अध्ययनरत छात्र मौषम रिजालको धन्यबाद मन्तव्य र कक्षा १२ मा अध्ययनरत छात्र दिपक के.सि.को संचालनमा सम्पन्न भएको विद्यालयका प्राविधिक धार कम्प्युटर इन्जिनियरिङ तर्फका सहायक प्रशिक्षक सव इन्जिनियर जय बहादुर रोकायले जानकारी दिनुभयो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close