डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोलको यथावत्

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ घटाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ लिटरमा एक रुपैयाँका दरले भाउ घटाएको निगम सञ्चालक समितिको बैठकले जनाएको छ ।

भाउ घटेसँगै डिजेलरमट्टीतेलको भाउ प्रतिलिटर पहिलो वर्गमा एक सय ५२ रुपैयाँ ५ पैसा, दोस्रो वर्गमा एक सय ५४ रुपैयाँ र तेस्रो वर्गमा एक सय ५५ रुपैयाँ कायम भएको छ । यस्तै पेट्रोल, आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् रहेको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close