सन्धिखर्कमा पनि महिला श्रमिक दिवस मनाइयो

रुद्रमणि भुसाल,अर्घाखाँची ।महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाले आयोजना अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्या बिजुला रायमाझीले महिलाहरु आफ्ना अधिकारका लागि सबै एकजुट भएर आवाज बुलन्द गर्न आवश्यक रहेको बताउनु भयो । २०७२ मा संबिधान जारी भएपछि तीनैतहका सरकारमा महिलाको प्रतिनिधित्व बढ्दै गएको बताउनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख लक्ष्मीशर्मा ज्ञवाली , सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ , पत्रकार महासघका उपाध्यक्ष बिरेन्द्र केसी लगायतले मनतब्य राख्नु भएको थियो ।
कार्यक्रम सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा अचार्यको अध्यक्षता शिक्षा शाखा प्रमुख मञ्जु आचार्यको स्वागत मनतब्य र कर्मचारी पुष्पा भुसालको सचालनमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !