अर्घाखाँचीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि

सागर महत/ अर्घाखाँची ।अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सन्धिखर्क नगरपालिकामा ५ जना,भुमिकास्थान नगरपालिकामा २ जना ,मालारानी गाउँपालिकामा १ जना र पाणिनी गाउँपालिकामा २ जना गरि १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै जिल्लामा कुल कोरोना संक्रमितको संंख्या २६ सय ९७ पुगेको छ ।यस्तै हाल सम्म जिल्लाभर बाट कोरोना मुक्त हुनेको संख्या २५ सय १३ पुगेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ । अब सक्रिय कोरोना संक्रमितको संख्या २ सय १६ रहेको छ ।यस्तै कोरोना संक्रमण बाट हाल सम्म जिल्लाभरमा मृत्यु हुनेको संख्या ६८ रहेको छ ।
कमेन्ट गर्नुहोस !